single head

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

single post top 1

गैँडाकोट, २५ असोज । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का नागरिकलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री आज वितरण गरेको छ । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) बाट EMR29331-325R परियोजनामार्फत प्राप्त सहयोगबाट बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।

single p1

गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको राहत वितरण कार्यक्रममा दैनिक जीवनयापनका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरिएको थियो। राहत सामग्रीमा पानी शुद्धीकरणका लागि पियुष, महिलाका लागि स्यानिटरी प्याड, सरसफाइका लागि फिनेल, खाना पकाउने डेक्ची, डाडु, पन्यु, कचौरा, गिलास र बाल्टी, त्रिपाल वितरण गरिएको डिष्ट्रिकका डिजाष्टर एण्ड रिलिफ कोअडिनेटर लायन शिबप्रसाद पण्डितले जानकारी दिनुभयो । त्यसैगरी, प्रभावित परिवारलाई ओढ्ने–ओछ्याउने प्रयोजनका लागि कालो म्याट, सिरक, डसना, तन्ना र सिरानी उपलब्ध गराइएको थियो । खाद्यान्नतर्फ चामल, नुन, तेल, मसला र सोयाबिनलगायतका सामग्री वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले दशैको मुखमा बाढीबाट प्रभावित नागरिकलाई सहयोग पु¥याएकोमा लायन्सको कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । विपद्का समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उहाँले समुदायप्रति उत्तरदायी भएर गरिने यस्ता कार्यले पीडित नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो ।कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने र रामप्रसाद भट्ट तथा डिष्ट्रिक्ट सचिब पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष कृष्ण पाण्डे लगायत लायन्सका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मझुवा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष, नारायणी टोल विकास संस्थाका अध्यक्ष प्रदीप तामाङ तथा विभिन्न लायन्स क्लबका प्रतिनिधि र सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

single p2

डिष्ट्रिक्ट ३२५ आरले नारायणी टोल विकास संस्थाअन्तर्गतका करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ । यसअघि बाढीबाट प्रभावितनवलपुरको लघोई क्षेत्रका २० घरधुरीलाई गत असोज २३ गते शुक्रबार राहत सामग्री वितरण गरेको थियो । नारायणी नदीको बाढीबाट प्रभावित विभिन्न क्षेत्रका नागरिकलाई लक्षित गरी डिष्ट्रिक्टले राहत वितरण कार्यक्रम सञ्चालन गरीरहेको छ ।
बाढीका कारण प्रभावित परिवारको दैनिक जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा खाद्यान्न, सरसफाइका सामग्री तथा घरायसी आवश्यकताका वस्तु उपलब्ध गराउँदा उनीहरूलाई तत्कालीन राहत मिल्ने डिष्ट्रिक्ट गर्भनर प्रभाकर पण्डितले बताउनुभयो । लायन्सको यस मानवीय सेवामूलक कार्यले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै स्थानीय समुदायसँग सहकार्य र सहयोगको भावना अभिवृद्धि गर्नसमेत योगदान पु¥याएको स्थानियहरुले बताए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3