single head

गैंडाकोट-७ मा रहेको श्रीहरिहर मन्दिर परमानन्द सन्यास आश्रममा श्रीमद्भागवत महापुराण तथा नवरात्र विशेष पूजा !

single post top 1

असोज २७,गैंडाकोट । नवलपुरको गैंडाकोट–७, शीतलनगरस्थित श्रीहरि मन्दिर परमानन्द सन्यास आश्रममा बडादसैँको अवसरमा नवरात्र विशेष पूजा, धार्मिक अनुष्ठान तथा श्रीमद्भागवत महापुराण आयोजना गरिएको छ।
श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्वमा सञ्चालन हुँदै आएको आश्रममा असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्म श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो। महापुराणमा पण्डित चन्द्रमणि कँडेलबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीबाट पाठपरायण गरिएको छ
घटस्थापनादेखि सुरु भएको धार्मिक कार्यक्रममा नवदुर्गा पूजा, भजनकीर्तन, पाठपरायण, फूलपाती भित्र्याउने कार्यक्रम, महाअष्टमी तथा कालरात्रि पूजा, महानवमी पूजा र कन्यापूजालगायतका गतिविधि सञ्चालन गरिनेछन्।
कार्यक्रमअन्तर्गत असोज ३० गते साँझ विशेष धार्मिक कार्यक्रम, असोज ३१ गते भजनकीर्तन र पञ्चेबाजासहित फूलपाती भित्र्याउने कार्यक्रमको आयोजना गरिनेछ। त्यस्तै, कार्तिक १ गते साँझ महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक २ गते सामूहिक भजन तथा आरती र कार्तिक ३ गते महानवमीका अवसरमा कन्यापूजा गरिने कार्यक्रम रहेको छ।
कार्तिक ४ गते विजयादशमीका अवसरमा विशेष पूजा, टीका तथा जमरा वितरण गरिने आयोजकले जनाएको छ।
आश्रमकी कार्यवाहक अध्यक्ष जमुना कँडेलका अनुसार प्रत्येक दिन साँझ ६:३० बजेदेखि राति १० बजेसम्म स्थानीय मठमन्दिर तथा कलाकारहरूको सहभागितामा भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन गरिएको छ
मनले चिताएको पुग्ने धामका रुपमा परिचित आश्रमले सम्पूर्ण भक्तजन, श्रद्धालु तथा धर्मप्रेमीलाई धार्मिक अनुष्ठानमा सहभागी भई पूजा–आराधना तथा भजनकीर्तनमा सरिक हुन अनुरोध गरेको छ ।

single p1

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3