काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। महाधिवेशनबाट लोकदोहोरी गायक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, सांगठनिक उपाध्यक्षमा राजु ढकाल, प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई र महिला उपाध्यक्षमा देवी घर्ती निर्वाचित भएका छन्। त्यसैगरी खुला उपाध्यक्षमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा र रविन लामिछाने निर्वाचित भएका छन्।
यसैगरी महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन्। सांगठनिक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल निर्वाचित र कोषाध्यक्षमा जुना श्रीष मगर निर्विरोध निर्वाचित भएका छन्। महिला सचिवमा सम्झना लामिछाने मगर निर्वाचित भएकी छन्। सांगठनिक सचिवमा दिनेश काफ्ले निर्वाचित भएका छन्।
भूगोल प्रदेशतर्फ बागमती सचिवमा उषा सुवेदी, मधेश सचिवमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम सचिवमा नवीन सिंह धामी, गण्डकी सचिवमा प्रकाश भट्ट, लुम्बिनी सचिवमा प्रेम शर्मा, कोशी सचिवमा विष्णु घिमिरे र कर्णाली सचिवमा राजकुमार खत्री निर्वाचित भएका छन्। उपत्यका सचिवमा सुजन लम्साल निर्विरोध तथा विदेश सचिवमा सूर्य खड्का निर्विरोध निर्वाचित भएका छन्।
सांगठनिक सहसचिवमा कुमार राना मगर र प्रशासनिक सहसचिवमा तिलक परियार निर्विरोध निर्वाचित भएका छन्। महिला सहसचिवमा मनमाया वाइबा तथा विदेश सहसचिवमा रेशम निर्दोष निर्वाचित भएका छन्। खुला सहकोषाध्यक्षमा कुमार पुन मगर र सम्झना भण्डारी निर्विरोध निर्वाचित हुँदा महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ निर्वाचित भएकी छन्।
महाधिवेशनबाट ३३ जना केन्द्रीय सदस्यसमेत चयन भएका छन्। केन्द्रीय सदस्यमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार र शान्तारानी परियार चयन भएका छन्।
त्यस्तै, प्रदेश तथा क्षेत्रगत प्रतिनिधित्वअन्तर्गत मधेशबाट ईश्वरीप्रसाद पन्त, गण्डकीबाट तुलसी क्षेत्री, लुम्बिनीबाट दिपु मगर, कोशीबाट बालकुमार श्रेष्ठ, बागमतीबाट बासुदेव सिङ्खडा, सुदूरपश्चिमबाट लालबहादुर धामी, कर्णालीबाट हरिमाया कार्की, उपत्यकाबाट अर्जुन थापामगर र विदेशबाट विजय केसी चयन भएका छन्। महेन्द्र न्यौपाने पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनमा डिजिटल भोटिङ अर्थात् ई–भोटिङ प्रणालीमार्फत मतदान गरिएको थियो। प्रविधिको प्रयोग गर्दै सम्पन्न महाधिवेशनले संस्थाको नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित बनाएको छ।
अध्यक्षमा निर्वाचित भएपछि पशुपति शर्माले आफूलाई विश्वास गरी समर्थन गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा प्रतिष्ठानलाई अझ फराकिलो, व्यवस्थित र परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
लोकदोहोरी कलाकारहरूले आफ्नो कला, प्रतिभा र श्रमबाट सम्मानजनक रूपमा जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहने उल्लेख गर्दै शर्माले कलाकारको हकहित र प्रतिष्ठानको संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिले लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र विकाससँगै कलाकारहरूको व्यावसायिक हितमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।









