single head

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

single post top 1

गैंडाकोट । बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ ।

single p1

सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । त्यसपछि छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ ।

single p2

स्कन्दमातालाई मातृत्व, करुणा र आध्यात्मिक ज्ञानको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार उनको आराधनाले भक्तजनलाई शक्ति, ऐश्वर्य र विद्याको आशीर्वाद प्राप्त हुन्छ । स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएको र दुवै हातमा कमलका फूल धारण गरेको स्वरूप देखाइन्छ ।

स्कन्दमातासँग सम्बन्धित पौराणिक कथामा ऋषि सनतकुमारको प्रसंग पनि उल्लेख गरिएको पाइन्छ । कथाअनुसार पार्वतीले ऋषि सनतकुमारलाई श्राप दिएर उँटको रूपमा परिणत गरेपछि उनको ज्ञान र ब्रह्मचिन्तनबाट प्रभावित भएकी थिइन् । ऋषिको आध्यात्मिक सामर्थ्य बुझेर पार्वतीले उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको र त्यसै प्रसंगसँग स्कन्दमाता नाम जोडिएको धार्मिक आख्यान पाइन्छ ।

नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नौ दिनसम्म चल्ने विशेष पूजाआराधनाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3