single head

लमजुङ गैंडाकोट समाज र सक्रिय पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने

single post top 1
गैँडाकोट । लमजुङ गैंडाकोट सम्पर्क समाजको आयोजनामा गैँडाकोटका सक्रिय पत्रकार र समाजका प्रतिनिधिबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ। हिन्दु नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा मिलन समारोहसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।
समाजका अनुसार कार्यक्रम शनिबार, असोज ३१ गते बिहान ठीक ८ बजे गैँडाकोट–५ स्थित साइनिङ आवासीय माध्यमिक विद्यालयको फुटसल मैदानमा हुनेछ। उक्त स्थानमा समाजको कार्यालयसमेत रहेको छ।
कार्यक्रममा समाजका आजीवन सदस्य तथा अन्य सदस्यका २०८३ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको समाजले जनाएको छ।
त्यस्तै, गैँडाकोटमा सक्रिय रूपमा पत्रकारिता गरिरहेका पत्रकारहरूसँग भेटघाट, आपसी सद्भाव अभिवृद्धि तथा चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको समाजले जनाएको छ।
खेलकुदमार्फत समाज र पत्रकारबीचको सम्बन्ध थप सुमधुर बनाउने, आपसी सहकार्य र सद्भाव अभिवृद्धि गर्ने तथा चाडपर्वको खुसी साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3