single head

नन्दन कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६७ हजार ३५ रुपैँया सहयोग

single post top 1

गैँडाकोट । भोटेकोशी बाढीका कारण देशमा सिर्जित अवस्थामा बाढि प्रभावित नागरिकको राहतका लागि गैँडाकोट ८ मा रहेको नन्दन कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६७ हजार ३५ रुपैँया सहयोग गरेको छ ।

single p1

टोल विकास संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले टोलवासीको सामूहिक सहभागितामा रकम संकलन गरी सहयोग गरिएको बताउनुभयो। उहाँले विपद्मा परेका नागरिकलाई राहत उपलब्ध गराउन सबै पक्षबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नन्दन कालिका टोल विकास संस्थाले स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको जनाइएको छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3