single head

गैंडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गैँडाकोट । नवलपुरको गैँडाकोटमा

single post top 1

गैँडाकोट । नवलपुरको गैँडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन विभागअन्तर्गत अनुगमन कार्यालय गैँडाकोटको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

single p1

तालिममा गैँडाकोट क्षेत्रका पाँचवटा शाखाका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिममा संस्थाको नीति तथा कार्यक्षेत्र, कर्जा तथा बचत, असुली प्रक्रिया, ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व, नेपाल राष्ट्र बैंकका निर्देशनलगायतका विषयमा छलफल गरिएको थियो ।

single p2

यस्तै, निष्क्रिय समूहलाई सक्रिय बनाउने रणनीति, सङ्कलन प्रणाली तथा कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो । तालिममा समूहगत छलफल, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्यासमार्फत सहभागीलाई विषयवस्तुमा थप स्पष्ट पार्ने प्रयास गरिएको थियो ।

 

तालिमको अध्यक्षता संस्थाको आन्तरिक लेखा विभाग प्रमुख दीपक न्यौपानेले गर्नुभएको थियो भने प्रशिक्षण अनुगमन अधिकृत विजयकुमार बोगटीले प्रशिक्षण दिनुभएको थियो ।

आयोजकका अनुसार तालिमले कर्मचारीहरूको संस्थागत नीति तथा अनुपालना सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै कर्जा तथा असुली प्रक्रियालाई प्रभावकारी बनाउन र दैनिक कार्यसम्पादनमा थप सुधार ल्याउन सहयोग पुगेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3