गैंडाकोट। जिल्ला उद्योग वाणिज्य संघ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनले संघको अध्यक्षमा छविलाल कँडेललाई चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा तेजनारायण पाण्डे, प्रथम उपाध्यक्षमा नवराज कँडेल, द्वितीय उपाध्यक्षमा सुरेन्द्र तिवारी र तृतीय उपाध्यक्षमा राजेन्द्र गौतम चयन हुनुभएको छ।
यसैगरी उद्योगतर्फको उपाध्यक्षमा दीपक प्रसाद भट्टराई र वाणिज्यतर्फको उपाध्यक्षमा सालिकराम सापकोटा चयन हुनुभएको छ। संघको महासचिवमा माधवप्रसाद सापकोटा, कोषाध्यक्षमा किशोरकुमार लम्साल, सचिवमा परमेश आचार्य र महिला सहकोषाध्यक्षमा सिर्जना पौडेल चयन हुनुभएको छ।
वाणिज्यतर्फको सदस्यमा अमृत श्रेष्ठ, कृष्ण कँडेल, घनश्याम पराजुली, जयलाल पराजुली, तीर्थराज थनेत र रुद्र सापकोटा चयन हुनुभएको छ। त्यस्तै उद्योगतर्फको सदस्यमा कमल शर्मा, देशबन्धु सिग्देल, राकेशकुमार हरलाल्का र बुद्धिबहादुर विक चयन हुनुभएको छ।
वस्तुगत सदस्यतर्फ गुरुप्रसाद नेपाल र देवीप्रसाद पौडेल, एसोसिएट/कर्पोरेट सदस्यतर्फ मेघराज कँडेल र सूर्यप्रसाद घिमिरे, महिला उद्यमी व्यवसायी सदस्यतर्फ मिना दाहाल तथा बजार समिति सदस्यमा शेषकान्त कोइराला चयन हुनुभएको छ।
यसैगरी संघको लेखा समिति संयोजकमा चिन्तामणि कँडेल चयन हुनुभएको छ। लेखा समितिको सदस्यमा अर्जुनबहादुर थापा, जीवनकुमार रेग्मी, मोहनराज पौडेल र नारायणप्रसाद अधिकारी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले जिल्लाका उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्दै उद्योग तथा व्यापार क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको जानकारी निर्वाचन समिति संयोजक जनकराज ढुङ्गानाले दिनुभएको हो।






