काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेशहरूमा सत्ता साझेदारीको सहमति भएको छ ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने छ ।
यसअघि प्रदेशहरूमा एमाले-कांग्रेसको सत्ता साझेदारी थियो ।






