single head

गैडाकोटका गुरुङ र मगर समुदाय द्धारा दिप प्रज्वलन

single post top 1

गैडाकोट । गण्डकी प्रदेश सभाबाट गुरुङ र मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न लागिएकोमा दीप प्रज्वलन गरीएको हो । गैडाकोट वडा नम्वर ४ को लखन चोकमा मंगलवार कार्यक्रमका बिच गण्डकी प्रदेश सभाबाट गुरुङ र मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधायक सर्वसम्मत बाट पारित भएको उपलक्ष्यमा खुशियालि सहित दीप प्रज्वलन गरीएको हो ।

single p1

कार्यक्रममा तमु हयुल छोज धी गुरुड्ड राष्ट्रिय परिषद केन्द्रीय सदस्य प्रजन गुरुड्डले गण्डकी प्रदेश सरकारले मगर र गुरुड्ड भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएकोमा खुसी व्यक्त गर्नुभयो। केन्द्रीय सदस्य गुरुड्डले मगर र गुरुङ भाषालाई प्रदेश सरकारले स्वागत गर्यो र हामीले पनि प्रत्येक वर्षको असार २४ लाई भाषा दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो । गुरुड्डले भन्नुभयो “भाषा दिवस भन्दा पनि प्रत्येक स्कुलमा अब गुरुड्ड र मगरको भाषालाई प्राथमिकता दिएर पाठ्यपुस्तक निर्माण गर्नुपर्छ।

single p2

तमु हयुल छोज धी गुरुड्ड राष्ट्रिय परिषद गैडाकोट नगर समिति अध्यक्ष रेशम गुरुड्डले गुरुड्डहरू र मगरहरू यो देशको गहना भएको बताउनुभयो। अध्यक्ष गुरुड्डले भन्नुभयो “ गुरुड्डहरुले र मगरहरूले बोल्ने भाषा चाहिँ यो देशको राष्ट्रिय सम्पदा हो भन्ने कुरालाई गण्डकी प्रदेश सरकारले बुझेकोमा धन्यवाद दिन चाहन्छु ।

कार्यक्रममा तमुवान मगरात गण्डकी प्रदेशको कोषाध्यक्ष उत्तम प्रसाद बकवाल मगर, तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपुर जिल्ला उपाध्यक्ष डीबी गुरुङ ,नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको उपाध्यक्ष दुर्गाबहादुर मसरांगी मगर, नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष खड्क बहादुर पामीमगर, नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति गैडाकोटको अध्यक्ष नरबहादुर थापा मगर ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक अध्यक्ष एवं गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका संगीत विभाग संयोजक अमरविरही गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

नेपाल मगर संघ र तमु हयुल छोज धी गुरुड्ड राष्ट्रिय परिषद नगर समिति गैंडाकोटको संयुत्त आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल मगर संघ गैंडाकोट नगर समिति अध्यक्ष दुर्गाबहादुर पुन मगरले राख्नुभएको थियो । दीप प्रज्वलन कार्यक्रममा गैडाकोटका गुरुङ र मगर समुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3