single head

नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

single post top 1

 साउन १५, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ।

single p1

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो।

single p2

प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म पुग्नु, उहाँलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु सरकारको प्राथमिक ध्यान रहेको बताउनुभयो। शान्ति–सुरक्षा चुस्त बनाउन र परिस्थिति बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उहाँको भनाइ थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबिच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर सुखदुःखमा उभिनु नै जनप्रतिनिधिको वास्तविक दायित्व भएको उहाँले स्मरण गराउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3