धार्मिक सहिष्णुता, सामाजिक सदभाव र राष्ट्रिय एकता कायम गर्न धार्मिक अगुवाहरुको अपिल

काठमाण्डौ, साउन १५, पछिल्लो समय देशका विभिन्न जिल्लाहरुमा धार्मिक हिंसा भएसँगै देशका धार्मिक अगुवाहरुले आज देशवासीलाई धार्मिक सहिष्णुता, सामाजिक सदभाव र राष्ट्रिय एकता कायम गर्न भन्दै संयुक्त रुपमा अपिल गरेका छन् । विशेष गरी मुस्लिम धर्म गुरुहरु र हिन्दुधर्मका अगुवाहरुले संयुक्त अपिल गरेका हुन् । उनिहरुले आज एक संयुक्त गरी देशमा सबै धर्मको मुल भावना मानवकल्याण, सहिष्णुता, सामाजिक एकता र भाईचाराको विकास गर्नु रहेको भन्दै सम्वाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति तथा सामाजिक सद्भाव पुनस्र्थापित गर्न अपिल गरेका छन् । हिंसा, घृणा र विभाजनकारी गतिविधीलाई अस्विकार गर्न समेत आग्रह गरेका छन् । धार्मिक अगुवाहरुले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र पिडीत परिवारलाई क्षतिपूर्ति र घाईतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारसँग माग गरेका छन् ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :