single head

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताका लागि देवघाटमा शान्ति पाठपारायण

single post top 1

गैडाकोट । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम गर्दै समाजमा शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले देवघाटमा विशेष शान्ति पाठपारायण कार्यक्रम सम्पन्न भएको छ।
देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको कार्यक्रममा देवघाटधाम स्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको उपस्थतिमा विशेष धार्मिक कार्यक्रम गरिएको हो।
कार्यक्रममा वेद–वेदाङ्ग विद्यालयका करिब ३०० जना बटुकहरूले स्वस्ति वाचन गर्दै विश्व शान्ति, सामाजिक सद्भाव तथा समग्र मानव कल्याणको कामना गरेका थिए। बटुकहरूको सामूहिक स्वस्ति वाचनले देवघाट क्षेत्रलाई आध्यात्मिक र धार्मिक वातावरणमा थप भक्तिमय बनाएको थियो।

single p1

कार्यक्रममा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले आशिष वचन प्रदान गर्दै धार्मिक सहिष्णुता, आपसी सद्भाव र एकता नै समाजको शान्ति र समृद्धिको आधार भएको बताउनुभयो। उहाँले धर्म र संस्कृतिको संरक्षणसँगै समाजमा प्रेम, भाइचारा र सद्भाव कायम गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

single p2

कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गर्दै शान्तिपूर्ण समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
पवित्र धार्मिकस्थल देवघाटमा आयोजित यस कार्यक्रमले धार्मिक आस्था, संस्कार र सामाजिक एकताको सन्देश प्रवाह गर्दै शान्ति र सद्भावको वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको देवघाट क्षेत्र विकास समितिका सदस्य तारानाथ सुबेदीले जानकारी दिनु भयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3