single head

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले हरायो

single post top 1

काठमाण्डाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराएको छ । मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो  । बहराइनले दिएको ८८ रनको झिनो  लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो  । नेपालका अर्जुन कुमालले नटआउट ३६, रोहित पौडेलले नटआउट १९ रन बनाएका थिए  । बहराइनका इमरान जावेद अनवरले ३ विकेट लिएका  थिए  ।

single p1

यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो  । बहराइनका फियाज अहमदले सबैभन्दा धेरै १५ रन बनाएका थिए  । नेपालका कप्तान सन्दीप लामिछानेले ५, ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिएका थिए  ।

single p2

एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3