single head

जयश्री फूड्सद्वारा बाढीपीडितका लागि २५ लाख नगद र ५ हजार किलो चिउरा सहयोग

single post top 1

गैँडाकोट । देशका विभिन्न भागमा, विशेष गरी रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएका बेला नेपालको चर्चित खाद्य उद्योग जयश्री फूड्स प्राइभेट लिमिटेड पीडितहरूको मलम बन्न अघि सरेको छ।

single p1

व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सधैँ अग्रस्थानमा राख्दै आएको यस संस्थाले बाढी प्रभावितहरूका लागि २५ लाख रुपैयाँ नगद र ५ हजार किलोग्राम (केजी) चिउरा सहयोग उपलब्ध गराएको छ। कम्पनीका निर्देशक एवं समाजसेवी पवनकुमार अग्रवालले  अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि २५ लाख रुपैयाँको चेक र खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको कम्पनीका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो।
नवलपुरको गैंडाकोट–९ मा उद्योग स्थापना गरी वर्षौँदेखि गुणस्तरीय चामल, चिउरा, सोयाबडी तथा मैदा उत्पादन गर्दै आएको जयश्री फूड्स केवल व्यापारमा मात्र सीमित छैन। संस्थाले बेला–बेलामा ठूला सामाजिक, धार्मिक तथा मानवीय क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ। देशमा पर्ने हरेक साना–ठूला विपत्ति र संकटका बेला अग्रपंक्तिमा रहेर सहयोगको हात फैलाउनु जयश्री अर्गनाइजेसनको पहिचान नै बनिसकेको छ।

single p2

बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जयश्री अर्गनाइजेसनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी एवं प्रभावकारी उद्धारको कामना गर्दै संस्थाले विपद्को यस कठिन घडीमा सरकार र पीडित समुदायसँग काँधमा काँध मिलाएर उभिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3