single head

भलिबलको हब बन्दै कालिका नमुना माविको खेलमैदान / रात्रिकालीन समयमा पनि भलिबल खेल्न मिल्ने

single post top 1

भाद्र २६, गैडाकोट । नेपालमा सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबललाई लिन सकिन्छ । नेपाली घरेलु जगतमा भने यसको स्थान ब्यग्लै किसिमको रहेको छ । नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै स्थान पनि सहजै खेल्न सकिने भएकाले नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बढ्दोक्रममा रहेको छ ।

single p1

भलिबल हाल नेपालको राष्ट्रिय खेल हो । नेपालको प्रत्येक जिल्लाहरूमा यो खेल खेलिने र यो खेलसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना हुने भएकाले पनि नेपालको राष्ट्रिय खेलका रूपमा यो भलिबल खेलले सार्थकता प्राप्त गरेको छ । अझ नेपालको तराई भागमा क्रिकेट जति लोकप्रिय रहेको छ पहाडी तथा उच्च पहाडी भेगमा भलिबल खेल उत्तिकै लोकप्रिय रहेको छ ।   

single p2

स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै  गैंडाकोटका युवाहरूले पनि भलिबललाई  आफ्नो रोजाईमा पारेका छन्  । गैंडाकोट मा रहेको कालिका नमुना माविको खेलमैदान अहिले भलिबलको हब बन्दै गइरहेको छ ।  गैंडाकोट नगरपालिका वार्ड नं ८ कार्यालयको सहयोगमा रात्रिकालीन समयमा पनि भलिबल खेल्न मिल्ने गरी लाइटको  व्यवस्था गरिएको छ। केही महिना पहिले यस मैदानमा रात्रिकालीन खुल्ला भलिबल प्रतियोगिताको आयोजना समेत भएको थियो। 

भलिबललाई आफ्नो करियर बनाएर हिँड्ने युवाहरूले आफ्नो समयअनुसार (बिहान ,साँझ अथवा राति ) भलिबल खेल्न सक्दछन् । अहिले यस भलिबल मैदानमा  बुलिङटार ,बाग्लुङ, तनहु बाट अध्ययन  गर्ने विद्यार्थी साथै रोजगारीको लागि गैंडाकोटमा बस्ने र यहाँका स्थानीय युवाहरूले भलिबल  खेल्ने गर्दछन्   । 

अहिले यहाँ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म  भलिबल खेल भइरहेको हुन्छ।  आफ्नो जन्मभूमिमा भलिबल खेल्नुभएका तथा स्थानीय रूपमा भलिबल खेल्ने करिब ५० जना जति युवाहरू यहाँ भलिबल खेल्ने गर्दछन्। खेल खेल्नुभन्दा अगाडि खेलाडीहरूले वार्म अप  पनि गर्ने गर्दछन्   । दुई टिम प्रतिस्पर्धा भइरहँदा अरू टिमहरू बाहिर प्राक्टिस  गरिरहेका हुन्छन्। 

राष्ट्रिय भलिबल रेफ्री गजेन्द्र वनले यस खेलमैदानमा भइरहेको भलिबल खेलमा वामअप लगायत खेलको नियमको बारेमा जानकारी एवं खेलाडीहरूले पालना गर्ने अनुशासन को बारेमा रेखदेख गर्नुका साथै खेलाडीहरुलाई  प्रशिक्षण समेत गराउनुभएको छ  । स्थानीय सरकारले सहयोग गर्यो भने यो खेलमैदानलाई अझ व्यवस्थित गर्न सकिने भलिबल खेलाडीहरू बताउँछन्  ।

 कालिका नमुना मावि र कालिका विद्यापीठको बीचमामा रहेको खेलमैदानलाई व्यवस्थित गर्नको लागि पाँच लाख बजेट छुट्याइएको र यसलाई छिट्टै व्यवस्थित गरेर भलिबल ,फुटबल ,ब्याडमिन्टन तथा टिटि लगायत खेलहरूको विकास गरिने गैंडाकोट वार्ड नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले फास्ट खबर अनलाइनलाई जानकारी दिनुभयो  । 

भलिबल खेल्नको लागि यहाँ युवाहरू उत्साहित देखिन्छन् जसका कारण भविष्यमा भलिबल प्रति यहाँ बाट उत्पादन भएका खेलाडीहरु जिल्ला ,प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि खेल्ने अपेक्षा गर्न सकिन्छ  । 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3