उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पार्टी महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुँदै

taja samachar side 2

जेठ ७ काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी महाधिवेशन नजिकिएको छ। जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन हुँदैछ। महाधिवेशनको प्रतिनिधि चयन गर्ने काम धमाधम भइरहेको छ।

जेठ १० गतेभित्र एक हजार महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्ने कार्यकारिणी समितिले निर्णय गरिसकेको छ। महाधिवेशनबाट १५१ सदस्यीय कार्यकारिणी समिति चयन हुनेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी १७ पदाधिकारी हुनेछन्।

Article Inline 2

मुख्य नेतृत्वमा पुग्न नेताहरू गृहकार्यमा जुटेका छन्। जसपा नेपाल केही समयअघि मात्रै विभाजित भएको छ। आउँदो महाधिवेशनमा मुख्य नेतृत्वमा नपर्ने निश्चित भएपछि अशोक राई नेतृत्वमा नयाँ जसपा बन्यो।

अब हुने महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। लामो सयम टुटफुटका कारण जसपा नेपाल विभिन्न नाममा निर्वाचन आयोगमा दर्ता भइरह्यो। एउटा पार्टीले पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने कानुनी प्रावधान भए पनि उपेन्द्रको पार्टी भने विभाजन र एकीकरणले महाधिवेशनमा जानु परेन। यसपल्ट भने पार्टीले विभाजित हुँदाहुँदै पनि महाधिवेशन गर्दैछ।
 अध्यक्ष उपेन्द्र यादव नै अध्यक्षमा दोहोरिने निश्चित छ। पार्टी विभाजनपछि उनलाई टकराव दिने नेता जसपा नेपालमा छैनन्। एकताको महाधिवेशन भनिएकाले पनि प्रतिस्पर्धाभन्दा पनि सर्वसम्मतमा अध्यक्ष हुने दाउमा यादव छन्। जसपाका एक नेता भन्छन्, ‘उपेन्द्र यादवलाई टक्कर दिने कोही देखिएका छैनन्।’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :