गैंडाकोट, साउन १७ गते। एच.डी. पंगेनी । लायन्स क्लब अफ बागिश्वरी डायनामिकको नियमित बैठक अध्यक्ष तुलसी प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । क्लबका संस्थापक अध्यक्ष कमल तिवारीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले संस्थागत गतिविधि विस्तार तथा सामाजिक सेवाका विभिन्न महत्ववपूर्ण निर्णयहरू गरेको छ। बैठकले आगामी साउन ३१ गते क्लबका पदस्थापना कार्यक्रम भव्य र सभ्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। सोही दिन गैंडाकोट नगरपालिका स्थित आधारभूत अस्पतालको परिसरमा लायन्स क्लब अफ बागेश्वरी डायनामिक बाटिका निर्माण कार्यको औपचारिक शुभारम्भ गरिने भएको छ। यसैविच कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न बैठकले विभिन्न समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । गैंडाकोट आधारभूत अस्पताल परिसरमा बाटिका निर्माण कार्यको नेतृत्व र समन्वय गर्न क्लबका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद खरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । त्यस्तै पदस्थापना कार्यक्रमलाई सभ्य भव्य रुपमा सम्पन्न गर्न क्लबका तृतीय उपाध्यक्ष हिमालदेव पंगेनीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। यसै गरी सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने समेत अध्यक्ष तुलसी प्रसाद उपाध्यायले जानकारी दिनुभयो । आगामी साउन ३१ गते आयोजना हुने पदस्थापना कार्यक्रममा विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरूको समुपस्थिति रहने बताइएको छ। त्यस्तै उक्त दिन केही व्यक्तिहरुलाई पनि पुरस्कृत गरिने समेत जनाईएको छ । सो बैठकमा पूर्व अध्यक्षहरु तुलसी प्रसाद सापकोटा, रोशन मल्ल, रामकृष्ण कोइराला लगायतका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।






