single head

रोटरी क्लब अफ गैंडाकोटद्वारा कोटीहोम आश्रम परिसरमा वृक्षारोपण/ बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी सबैको साझा दायित्व -वडा अध्यक्ष कँडेल

single post top 1

गैंडाकोट । रोटरी क्लब अफ गैंडाकोटद्वारा कोटीहोम आश्रम परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
रोटरी क्लब अफ गैंडाकोटको आयोजना तथा श्री दुर्गा सिद्धिदात्री मन्दिर कोटीहोम आश्रम, गैंडाकोट–१० को सहकार्यमा शनिवार विभिन्न प्रजातिका करिब ३०० बिरुवा वृक्षारोपण गरिएको छ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै आयोजित वृक्षारोपण कार्यक्रममा वर, पिपल, समी, रुखकटहर, आँप, लिची, शीतलचिनी र अम्बा लगायतका बिरुवा रोपिएको हो।

single p1

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष देवीदत्त कँडेलले वृक्षारोपण, वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैको साझा दायित्व भएको बताउनुभयोे।

single p2

सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वृक्षारोपण गर्नु मात्र पर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले वन तथा वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै रोटरी क्लब र कोटीहोम आश्रमले थालेको अभियान प्रशंसनीय रहेको बताउनुभयो।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का जोईन्ट सेक्रेटरी डा. प्रमोद पौडेलले रोटरीले सामाजिक सेवासँगै वातावरण संरक्षणलाई पनि आफ्नो महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय समुदाय, धार्मिक तथा सामाजिक संस्थाहरू र युवाको सहभागिताबाट यस्ता अभियानलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो।

कार्यक्रममा कोटीहोम आश्रमका पीठाधीश योगी खेचरनाथले प्रकृति र मानव जीवनबीचको सम्बन्ध अत्यन्त गहिरो रहेको उल्लेख गर्दै वृक्षारोपणलाई धार्मिक, सामाजिक र वातावरणीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले आश्रम परिसरमा रोपिएका बिरुवाको संरक्षणमा आश्रम परिवारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष रामहरि श्रेष्ठले वातावरण संरक्षण र सामाजिक सेवाको उद्देश्यसहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउँदै रोपिएका बिरुवाको संरक्षणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले रोटरी क्लबले आगामी दिनमा पनि समुदायको आवश्यकता र वातावरण संरक्षणसँग जोडिएका विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा आश्रमका संरक्षक एवं निवर्तमान अध्यक्ष मनोहरी कँडेल, रोटरी क्लब अफ गैंडाकोटका पूर्व अध्यक्ष  करुणासागर सुवेदी, स्पाउस सबिता अधिकारी, पूर्व अध्यक्ष यदुलाल घिमिरे, श्रीनिवास पौडेल लगायत निर्वाचित अध्यक्ष प्रकाश पौडेल, मनोनित अध्यक्ष गोबिन्द कँडेल , उपाध्यक्ष दिनेश पण्डित , सह-सचिव रामचन्द्र गौतम , सार्जेन्ट एट आर्म्स तिलकराम पन्थी , समुदाय कोर संयोजक शंकर शर्मा भुषाल लगायत रोटरी अफिसियल्स, आश्रमका पदाधिकारी तथा सदस्यहरू, समाजसेवी, विद्यार्थी बटुकहरू लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण रोटरी क्लब अफ गैंडाकोटका सचिव भूमिका तिमिल्सिनाले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3