पेट्रोलियम पदार्थको मूल्यवृद्धि / पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ वृद्धि

kala sahitya bottom

साउन १७ काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । यो सँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ । एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :