इलाम क्षेत्र २ उपनिर्वाचनको पछिल्लो मतगणना : सुहाङ नेम्वाङ प्रतिस्पर्धी को भन्दा ३९६० मतान्तरले अगाडि

arthik side 1

वैशाख १७, इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ११ हजार ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत प्राप्त गर्नुभएको छ । यो दुवैबिचको ३९६० मतले अन्तर हो ।

त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत ल्याएर तेस्रो स्थानमा कायमै रहनुभएको छ । रास्वपाका मिलन लिम्बूलाई १ हजार ५९६ मत प्राप्त भएको छ ।

Article Inline 2

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :