single head

लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम गैँडाकोटमा सुरु / तालिम दुई दिनसम्म चल्ने

single post top 1

चैत ७,नवलपुर । गैँडाकोटमा लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम मंगलवारबाट सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो ।

single p1

विजय विकास स्रोत केन्द्रको सभाहलमा तालिम दुई दिनसम्म चल्ने छ । तालिमको सहजिकरण नेफ्स्कुनका तालिम अधिकृत श्यामराज तिमिल्सिनाले गर्नुभएको छ ।

single p2

नेफ्स्कुनका लेखा तथा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योती पौडेलले लेखा सुपरिवेक्षण समितिले सहकारीलाई सुशासन मार्गमा डो¥याउन पर्ने बताउँदै शुद्धिकरणको आवश्यकतामा जोड दिनुभएको छ ।

कार्यक्रममा नेफ्स्कुनका संचालक गोपालप्रसाद गौतम, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटा, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुली, जिल्ला सहकारी संघका सचिव श्याम सुन्दर लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका संस्थापक खेमराज सापकोटा, गैँडाकोट सहकारी समन्वय मञ्चका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजु, सहकारी अभियान्ता लगायतको उपस्तिथी रहेको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सह–सचिव नारायण पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव देवराज पौडेलले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3