single head

गैंडाकोटमा लायन्स क्लब गैंडाकोट कालिगण्डकीद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

single post top 1

गैंडाकोट । गैंडाकोट–६ स्थित सिर्जनशील आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ।
लायन्स क्लब अफ गैंडाकोट कालिगण्डकीको आयोजनामा बिहीबार विद्यालय परिसरमा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल ३२५ आरका गभर्नर लायन प्रभाकर पण्डितले विद्यार्थीको शिक्षामा सहयोग गर्नु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक विकासका लागि समुदाय, विद्यालय तथा सामाजिक संस्थाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
लायन्स क्लब अफ गैंडाकोट कालिगण्डकीका अध्यक्ष लायन मदन गौतमले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको अध्ययनमा थप उत्साह र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।

single p1

single p2

कार्यक्रममा सिर्जनशील आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद ढकाल र एजुकेटिभ चिफ लायन अनमोल भुसालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ आरका सचिव लायन पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष लायन कृष्ण पाण्डे, लायन कृष्ण रिजाल, लायन भूमापुन र लायन टंकप्रसाद चापागाईं लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लायन सञ्जीव बञ्जाराले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमका संयोजक लायन सीएम खनाल रहनुभएको थियो। कार्यक्रम लायन्स क्लब अफ गैंडाकोट कालिगण्डकीका अध्यक्ष लायन मदन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।


कार्यक्रममा आर्थिक तथा सामाजिक रूपमा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको थियो। विद्यार्थीको विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्नुका साथै अध्ययनका लागि आवश्यक वातावरण निर्माणमा सहयोग पु¥याउने उद्देश्यले पोशाक वितरण गरिएको आयोजकले जनाएको छ।

लायन्स क्लब अफ गैंडाकोट कालिगण्डकीले शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित विभिन्न सामाजिक सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले आगामी दिनमा पनि आवश्यकताका आधारमा सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3