गैंडाकोट । गैंडाकोट नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका अनुसार विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी तथा चट्याङ पर्न सक्ने सम्भावना रहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गरी बिदा दिइएको हो।
नगरपालिकाले गैंडाकोट नगरपालिकाभित्रका सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै असोज ९ गते शुक्रबार सबै सार्वजनिक शैक्षिक संस्थामा सार्वजनिक बिदा गर्न अनुरोध गरेको छ।
नगरपालिकाको शिक्षा शाखाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यद्वारा जारी सूचनामा मौसम प्रतिकूल रहेकाले आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
गैंडाकोटका सबै विद्यालयमा शुक्रबार सार्वजनिक बिदा









