single head

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

single post top 1

गैंडाकोट । नवलपरासी पूर्वको जिल्ला प्रशासन कार्यालयले असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार नवलपुरसहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने भन्दै प्रशासनले बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने जनाएको छ।

single p1

जिल्ला प्रशासन कार्यालयले नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिममा रहेका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहन आग्रह गरेको छ।
नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गर्नुभएको विज्ञप्ति ”स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। कालीगण्डकी करिडोरलगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम भएका सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त सडक प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
आपत्कालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहमा तत्काल सम्पर्क गर्नसमेत भनिएको छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3