single head

आजदेखि ठूलो पानी पर्ने- मौसम पूर्वानुमान महाशाखा

single post top 1

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ । अरु ठाउँको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ ।

single p1

लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

single p2

कर्णाली प्रदेशका हिमाली भेगबाहेक अरु सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेश र लुम्बिनी  प्रदेशको एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ  । यस्तै कोशी र बागमती  प्रदेशको पहाडका एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3