single head

एनआरएनए उपाध्यक्ष गैरेद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

single post top 1

गैँडाकोट । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक प्रसाद गैरेले बाढी तथा पहिरो प्रभावित नेपालीका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
नवलपुरको गैँडाकोट घर भएका गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्नुभएको हो। उहाँ विगत २० वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएको छ। सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय गैरे हाल पोर्चुगलमा कृषि व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। प्रवासमा रहेर पनि नेपाल र नेपालीका समस्या तथा विपद्का समयमा सहयोग गर्दै आउनुभएका गैरेले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको दुःखमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सहयोग रकम प्रदान गर्नुभएको बताइएको छ। गैरेले विपद्को समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावनाका साथ पीडितको साथमा उभिनुपर्ने बताउनुभएको छ।

single p1

दुई दशकदेखि विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई निरन्तरता दिँदै आएको उहाँको यो सहयोगले प्रवासमा रहेका नेपालीको नेपालप्रतिको सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3