single head

नेपालले अफगानिस्तानलाई पाँच विकेटले हरायो

single post top 1

काठमाडौँ  । आइची–नागोया एसियाली खेलकुद २०२६ मा नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । नागोयास्थित कोरोबी एथलेटिक पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले हरायो । अफगानिस्तानका कप्तान दार्विस रसुलले टस जितेर गरेको पहिले ब्याटिङको निर्णय गलत सावित भएको थियो । नेपालका लेफ्ट आर्म स्पीनर ललित राजवंशीले सुरुमै तिन र त्यसपछि  कुशल भुर्तेलले चार विकेट लिएपछि अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०२ रनको सामानय स्कोर बनाएको थियो । नेपालले १६ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १०३ रन बनाएर लक्ष्य प्राप्त गर्‍यो ।

single p1

नेपालका  ब्याट्सम्यान सन्दीप जोराले ३५ बलमा ३४ र रोहित पौडेलले ३२ बलमा अविजित ३३ रन बनाउनुभयो । कप्तान दिपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १५ रनको उपयोगी योगदान दिनुभयो । अफगानिस्तानका लागि दाउदजाई, अब्दुला अहमदजाई र अरब गुलले एक–एक विकेट लिनुभयो ।

single p2

यसअघि  अफगानिस्तानका लागि फैजल र नाजिबुल्लाले ३०–३० रन बनाउनुभयो । पुछारका ब्याट्सम्यान नान्गेयालिया खानले १५ बलमा तिन चौकासहित अविजित १७ रन बनाएपछि अफगानिस्तानले एक सय रन माथिको स्कोर बनाउन सकेको हो । यी तिनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । ललितले चार ओभरमा १३ रन खर्चर तीन तथा भुर्तेलले चार ओभरमा २१ रन दिएर चार विकेट लिनुभयो ।

नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हराएको हो । सन् २०१४ मा बङगलादेशमा भएको टि २० विश्वकपमा अफगानिस्तानलाई नौ रनले हराएपछि नेपालले पुनः सो टिमविरुद्ध जित प्राप्त गरेको हो । सोही वर्ष अफगानिस्तानले इन्छन एसियाडमा पनि नेपाललाई क्वाटरफाइनलमा दुई विकेटले हराएको थियो । अब समूह ए मा रहेको नेपालले शनिबार आयोजक जापानसँग खेल्नेछ ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3