गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(क) बाट युवा समाजसेवी तथा नेपाली कांग्रेसका सक्रिय युवा नेता दिनुराम सापकोटाले खुला प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नेपाली कांग्रेसलाई समयअनुकूल अगाडि बढाउन सबै तहका नेता–कार्यकर्ताबीच सहकार्य, समन्वय र एकताको आवश्यकता रहेको भन्दै सापकोटाले आफूले प्रदेश प्रतिनिधिमा उम्मेदवारी अघि सारेको बताएका छन्।
युवा पुस्तालाई पार्टी संगठनमा थप सक्रिय र जिम्मेवार भूमिका प्रदान गर्दै अग्रजहरूको अनुभवलाई सम्मानपूर्वक आत्मसात् गर्ने आफ्नो प्राथमिकता रहेको सापकोटाको भनाइ छ।
“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने मूल भावसहित उनले पार्टीभित्र सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनलाई थप बलियो बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
सामाजिक क्षेत्रमा समेत सक्रिय सापकोटाले युवाको सहभागिता, सामाजिक उत्तरदायित्व र संगठन सुदृढीकरणलाई आफ्नो अभियानको महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन्।
युवा समाजसेवी दिनुराम सापकोटा प्रदेश प्रतिनिधिमा उम्मेदवार









