गैँडाकोट । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैंंडाकोटमा शनिबार अन्तरटोल महिला समूह डोरी तान्ने खेल भएको छ । गामबेसी साँस्कृतिक कला केन्द्रको आयोजनामा गैंडाकोट २ स्थित एसपिएम कलेजको खुल्ला मैदानमा गैंडाकोट वडा नं १, २, ४ र ५ का ७ महिला समूहबिच प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा वैकुण्ठ नगर महिला समूह गैंडाकोट ५ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । वैकुण्ठ नगर महिला समुहले नगद रु ११ हजार र साथमा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, कुशुमघाट महिला समुहले गैंडाकोट ५ ले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेको कुशुमघाटले नगद रु ८ हजार र साथमा प्रमाणपत्र प्राप्त गरेको छ । जनजागृती महिला समूह गैंडाकोट २ ले तृतीय स्थान हासिल गर्दैै नगद रु ५ हजार र साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
गामबेसी साँस्कृतिक कला केन्द्रका सचिव कृष्ण प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गामबेसी साँस्कृतिक कला केन्द्रका आजीवन सदस्य माधव सिग्देलले गर्नुभएको थियो ।
कार्यक्रममा टोल विकास संस्था, महिला समूहका प्रतिनिधि, स्थानीय, विभिन्न टोलवासीहरु, खेलकुदप्रेमी, प्रतिनीधीहरु लगायतको उपस्थिती रहेको थियो ।