spot_img

Saturday, March 22, 2025

एकता टोल विकास संस्था गैंडाकोटकोआठौं साधारण सभा सम्पन्न

माघ १७ गैंडाकोट । गैंडाकोट ५ मा रहेको एकता टोल विकास संस्थाको आठौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि अधिकारीले टोल विकास संस्थाको सहयोगले मात्रै नगरपालिकाका कार्यक्रम सफल हुने बताउनु भयो ।  उहाले नगरपालिका महिला, बालवालिका, ज्येष्ठ नागरिकहरुको पक्षमा काम गर्न सदैव तयार रहेको समेत बताउनु भयो  । उहाँले भन्नुभयो टोलमा विकास निर्माणका लागि के के आवश्यक छ त्यो नगरपालिकाले पूरा गर्ने बताउनुभयो। प्रमुख अतिथि अधिकारीले टोल विकासका कार्यक्रमहरू नगरपालिकाका टोलटोलमा भइरहेका छन् ,हुन्छन र हुँदै जान्छन् भन्दै यस टोल विकास संस्थाले राम्रो काम गरिरहेको छ यसलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

  • -advertisement-

गैंडाकोट नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले  टोलभित्र हुने विभिन्न गतिविधि र प्रत्यक्ष जनताको सेवामा जोडिएका कुरामा टोल विकास संस्था धेरै सजग हुने हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वडाले गर्ने विभिन्न क्रियाकलापमा हातमा हात मिलाउने क्रममा टोल विकास संस्थाको धेरै ठूलो सहयोग हुने बताउनुभयो । उहाँले भन्नुभयो टोल विकास संस्थाले चार किल्ला प्रमाणित ,जन्मदर्ता ,विवाहदर्ता ,नाता प्रमाणित, मृत्युदर्ता जस्ता रेकर्ड राख्ने  कुरामा संस्थाको ठूलो भूमिका रहेको छ  ।

संस्थाका अध्यक्ष किरणकुमार केसीले टोल विकास संस्थाले स्थापना कालदेखि अहिलेसम्म योगदान गर्नेलाई धन्यवाद व्यक्त गर्नुभयो।अध्यक्ष केसीले वडाको साथ र सहयोगबाट हामीले धेरै काम गर्न सफल भएको र वडाले आगामी दिनमा पनि टोल विकास संस्थालाई सहयोग गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो।

कार्यक्रममा भुमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि टोल विकास संस्थाले आफ्ना कार्यक्रमहरू अगाडि  बढाउनुपर्ने आग्रह गर्नुभयो। उहाँले प्रष्ट पार्दै अगाडि भन्नुभयो शिक्षाबाट वञ्चित बालबालिकाको डाटा लिने र  स्वास्थ्यको क्षेत्रमा नगरपालिकाका विभिन्न ठाउँमा छुट पाउने कार्यक्रम ल्याएको छ त्यसलाई टोलले पनि सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक सञ्जालको पनिबाट पनि सामाजिक सञ्जाल को व्यवस्थापन व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन पोखरेल ,गैंडाकोट नगरपालिका न्यायिक समिति सदस्य द्रोणबन सन्यासी, जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, टोल विकास संस्था सञ्जाल गैडाकोट ५ को अध्यक्ष रेखाकुमारी पौडेल, गैडाकोट ५ का वडा सदस्य तुलसीराम गौतम  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

साधारणसभामा सचिव बासुदेब सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  भने कोषाध्यक्ष चन्द्र बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा १०२ वर्षका वृद्ध बुवा लीलाधर ढकाल लाई सम्मान गरिएको थियो भने त्यस्तै टोलका समाजसेबी ब्यक्तित्य अर्जुन बहादुर थापा र प्रमिला लामा , प्लस टु र एसइ उत्तीर्ण विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

संस्थाको उपाध्यक्ष मेनुका थापाले  स्वागत मन्तब्य राख्नु भएको कर्यक्रमको सहजीकरण सस्थाको सचिब बासुदेब सापकोटाले गर्नु भएको थियो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार