single head

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता

single post top 1

चैत ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।

single p1

नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका प्रधानमन्त्री प्रचण्डसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको हो।

single p2

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले समसामयिक विषयमा राम्रो कुराकानी भएको बताउनुभयो।

उहाँले भन्नुभयो,  ‘प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भयो, अहिलेको समसामयिक विषयमा छलफल भएको छ।’

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई सहभागी गराउने निर्णय गर्दै ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो।  गोरखापत्र

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3