single head

नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना रहेको र ऊर्जा क्षेत्रको भविष्य सुनौलो छ – अर्थमन्त्री

single post top 1

फागुन ४, काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ। शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना रहेको भन्दै ऊर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनुभयो।

single p1

उहाँले पछिल्लो समय दक्षिण एशियाका देशमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गर्नुभयो। उहाँले भारतलगायत लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गर्नुभयो।

single p2

उहाँले ऊर्जा क्षेत्रलाई अघि बढाउँदै ऊर्जामार्फत मुलुकमा आर्थिक समृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। उहाँले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएको बताउनुभयो।

उहाँले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धी खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो। उहाँले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताउनुभयो। उहाँले वन र वातावरण सम्बन्धी समस्या बारम्बार छलफल भइरहेको बताउनुभयो। उहाँले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले  जोखीम अनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताउनुभयो। उहाँले दुई थरीको बीमा रेट राख्नु उपयुक्त नभएको बताउनुभयो। उहाँले बजारमा चलेको रेटमा नै जानुपर्ने बताउनुभयो।

उहाँले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँले कम्पनीले बीमा सम्बन्धी ज्ञान लिन आवश्यक रहेको बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3