single head

काँग्रेस आँफैमा एकताबद्ध भएमा मात्र अन्य शक्तिलाई परास्त गर्न सक्छ -नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

single post top 1

 माघ ८, पर्वत। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ ।

single p1

सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बलियो काँग्रेस भएमा मात्र लोकतन्त्र बलियो हुने उहाँले चर्चा गर्नुभयो ।

single p2

’काँग्रेस आँफैमा एकताबद्ध भएमा मात्र अन्य शक्तिलाई परास्त गर्न सक्छ’ उहाँले भन्नुभयो, “अपसी मतभेद घटाएर पार्टीलाई बलियो बनाउन सकेमा सबैले जित्ने वातावरण बन्छ ।” उहाँले गठबन्धन बाध्यताको उपज भएको बताउनुभयो ।  नेपालको संविधानमा सबै क्षेत्रको प्रतिनिधित्व गर्नेखालको हुँदा एकल बहुमत कुनै पार्टीको हुन नसक्ने बताउनुभयो ।

उहाँले कांग्रेस मिलेर चुनावमा जाने हो भने फेरि पनि पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । एक पटक टिकट नपाउँदैमा निराश हुनु नपर्ने भन्दै अर्को पटक टिकट पाउने भएकाले पार्टीलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

देउवाले देशैभरि कांग्रेसप्रतिको उत्साह र आकर्षण बढेको बताउँदै सभा सम्मेलनमा ठूलो सहभागिताले महत्वपूर्ण सन्देश दिएको उहाँले बताउनुभयो । ‘अहिले सबैमा कांग्रेस बिग्रिनेप्रतिको चिन्ता रहँदा यस कुरालाई पुष्टि गर्छ’ उहाँले भन्नुभयो, ‘पार्टी एक बनाएर आगामी चुनावमा जाँदा बहुमत ल्याउनेगरी तयारी थालौं ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी , सशाङ्क कोइराला , अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले सम्बोधन गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3