single head

पार्टी भित्रको विवादलाई लिएर एकपक्षीय गतिविधि नगर्न नेपाली कांग्रेस नवलपरासी पुर्व इतर पक्षको चेतावनि

single post top 1

कावासोती । नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्ता पुर्व) जिल्ला अधिवेशन तयारी समितिले पार्टी भित्रको विवादलाई लिएर एकपक्षीय गतिविधि तथा समानान्तर अधिवेशन नगर्न कडा अपिल गरेको छ।
समितिका संयोजक अशोक बस्ताकोटीले नवलपुरको कावासोतीमा बिहिबार पत्रकार सम्मेलनमा पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय हित, सहमति, सहकार्य र एकताको आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट पारे। आधिकारिकता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको निर्णय र वैधानिक प्रक्रियालाई बेवास्ता गर्दै गएको बिषय उल्लेख गर्दै कुनै पनि एकपक्षीय गतिविधि वा समानान्तर अधिवेशन महाधिवेशन पार्टीका लागि हितकर नहुने बताए।

single p1

समितिले नवलपरासीका नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गैरजिम्मेवार र भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह गर्दै आधिकारिक कार्यतालिका अनुसार हुने अधिवेशनमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।साथै अविरल वर्षा तथा जिल्लाको पहाडी क्षेत्रमा उत्पन्न परिस्थितिका कारण नवलपरासीमा असोज १५ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशन असोज १८ गतेदेखि सुरु हुने जानकारी दिएको हो ।

single p2

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र फरक–फरक समूहबाट समानान्तर तयारी भइरहेका बेला नवलपरासी जिल्ला अधिवेशन तयारी समितिको यस्तो कडा धारणा सार्वजनिक

भएको हो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3