single head

विकू बचतको बृहत खुल्ला रक्तदान कार्यक्रममा ३१० पिन्ट रगत संकलन

single post top 1

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३६ औं बार्षिक उत्सवको अवसरमा आयोजीत बृहत खुल्ला रक्तदान कार्यक्रममा ३१० पिन्ट रगत संकलन भएको छ । विजय विकास स्रोत केन्द्र परिसर (गैंडाकोट–८) र कावासोती सेवा केन्द्र परिसर (कावासोती–३, हलचोक) गरि दुई स्थानमा एकै साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विकूको केन्द्रिय कार्यालय नजिकै विजय विकास स्रोत केन्द्रको परिसरमा १ सय ५२ पिन्ट  र कावासोति सेवा केन्द्र परिसरबाट १ सय ५८ पिन्ट रगत संकलन गरेको छ। दुई स्थानबाट ५५ जना नयाँ रक्तदाताले रक्तदान गरेका छन् ।

single p1

गैडाकोटमा भएको कार्यक्रममा १२३ पटक रक्तदान गर्नुभएका खुमनाथ पौडेल, चन्द्रमणि गौतम र एकनारायण रिजाललाई सम्मान गरिएको थियो। विकूले करिब १५ बर्ष देखि रक्तदानको कार्यक्रम गर्दै आएको छ ।
चितवन र नवलपुरमा रगतको माग अनुसारको आपूर्ति हुन नसकेको अवस्थामा सहज होस भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटाले बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले रक्तदान जस्तो मानविय र सेवाजन्य काम गरेकोमा धन्यबाद दिदैँ सफलताको शुभकामना दिनुभयो ।

single p2

गैडाकोटमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कार्यालय उपसमिति संयोजक दिनानाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे । संस्थाका ऋण विभाग प्रमुख पूर्ण सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

२०४८ साल भदौ ५ गते २६ जना सेयर सदस्यहरू मिलेर दिनको ५० पैसाबाट सुरुवात गरिएको बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अभियानमा हाल १ लाख ३४ हजारभन्दा बढी सदस्य र झन्डै ११ अरब भन्दा बढी पुजि संकलन रहेको छ ।  संस्थाले नवलपुर र चितवन गरी २४ वटा सेवा केन्द्रहरु मार्फत आफ्ना सेयर सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवाहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई वित्तीय मात्र नभएर सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका गैर वित्तीय कार्यक्रमहरू पनि सन्चालन गर्दै आइरहेको छ ।

संस्थाको गौरवमय ३६ औं वार्षिक उत्सवको अवसरमा विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वक्तित्त्वकला कार्यक्रम, खुला रक्तदान कार्यक्रम, सरसफाई तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रम तथा अनाथालयहरूमा खाना खुवाउने कार्यक्रम, कर्मचारी स्तरीय नृत्य प्रतियोगिता तथा हाजिरी जवाफ कार्यक्रमहरु आयोजना गरेको छ । सस्थाले भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3