single head

गैँडाकोट सुनचाँदी व्यवसायी संघमा नया नेत्तृत्व चयन

single post top 1

गैँडाकोट । गैँडाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पदम बहादुर विश्वकर्मा चयन भएका छन्। संघको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा अविनास सुनार, महासचिवमा सदिस विक, कोषाध्यक्षमा सन्त बहादुर विक, सचिवमा प्रदीप श्रीपाली, सह-कोषाध्यक्षमा भीम बहादुर विक चयन भएका छन् भने सदस्यहरूमा लाल बहादुर सुनार र जयलाल सुनार रहेका छन्।

single p1

संघका निवर्तमान अध्यक्ष सुरथ बहादुर सुनारका अनुसार नव-निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ। २०७३ सालमा स्थापना भएको यस संस्थाले स्थानीय स्तरमा सुनचाँदी व्यवसायीहरूको हकहित र व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

single p2

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष सुरथ बहादुर सुनारले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष किसान सुनार रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिहरूमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका तृतीय उपाध्यक्ष प्रेम खाती, महासचिव निर विश्वकर्मा तथा संघका संस्थापक अध्यक्ष उमेश गहतराजलगायतको उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरूले नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले व्यवसायिक एकता र विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3