spot_img

Sunday, April 19, 2026

गैंडाकोटमा संस्कृति जगेर्ना दशैं साराय नाच तथा शुभकामना आदानप्रदान

असोज २१,गैंडाकोट । गैंडाकोटमा संस्कृति र परम्पराको संरक्षणका उद्देश्यले दशैं साराय नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गैंडाकोट वडा नं. ५ स्थित गणेश मन्दिरको प्रांगढमा मंगलबार गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटले उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमपछि सहभागीहरू गणेश मन्दिरबाट साराय नाच नाच्दै जनक नमुना माध्यमिक विद्यालयको परिसर हुँदै कालिका मन्दिर कालिका आश्रम पुगी कार्यक्रमको समापन गरिएको थियो।

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोट समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले समाजले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम मार्फत समुदायबीच एकता, सौहार्द र परम्परागत संस्कृतिको जगेर्ना गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो।

अध्यक्ष घिमिरेले आगामी दिनमा अझ सशक्त रूपमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समाजले विगत वर्षमा पनि सराहनीय कार्य गरेको उल्लेख गर्दै यसपालि पनि परम्परागत संस्कृतिको जगेर्ना र समुदायिक एकता सुदृढ गर्न योगदान पु¥याएको बताउनुभयो।

त्यस्तै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले संस्कृतिले समुदायबीच आत्मीयता र एकता बढाउने भन्दै यस्ता सांस्कृतिक क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो।

समाजका उपाध्यक्ष विष्णुपन्थीले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रमको सहजीकरण सचिव ईश्वरीप्रसाद घिमिरेले गर्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :