spot_img

Wednesday, January 14, 2026

परियार सेवा समाजले गैंडाकोट नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा सुरू गर्यो

गैंडाकोट । परियार सेवा समाज जिल्ला कार्य समिति नवलपुरले गैंडाकोट नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी उक्त सेवा औपचारिक रूपमा बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष प्रकाश  सापकोटाले  निशुल्क एम्बुलेन्स सेवाले गैंडाकोट नगर क्षेत्रभित्र आपतकालीन अवस्थामा रहेका बिरामीहरू तथा दुर्घटनामा परेका व्यक्तिहरूको लागि निशुल्क सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको थियो  ।

कार्यक्रममा परियार समाजका केन्द्रीय सदस्य रुपेश परियारले परियार सेवा समाज अब जात धर्म र समुदाय विशेष मात्र नभई समग्र पालिका क्षेत्रभित्रका बासिन्दाहरुलाई सेवा दिन तप्पर रहेकोमा आफूलाई खुसी लागेको बताउनुभयो  ।

अक्सफोर्ड कलेजका इन्जिनियर प्रोफेसर डा. हरि भण्डारीले सोही अवसरमा स्वास्थ्य र आपतकालीन सेवा नागरिकको आधारभूत अधिकार भएको बताउँदै परियार सेवा समाजले यस्तो सेवा सुरु गरेर उदाहरणीय काम गरेको मात्र नभई मानवीय मूल्यको उच्च उदाहरण पनि प्रस्तुत गरेकाले यो अभियानमा निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भयो  ।

कार्यक्रममा सुशील परियार, कृष्ण कार्की, सन्तोष कोइराला,किसान गुरुङ, सुभाष थापा, दिनेश न्यौपाने,शारदा ढकाल, प्रकाश अधिकारी, नारायण सापकोटा लगायत समाजसेवी, स्थानीय जन प्रतिनिधि तथा नागरिकहरूको सहभागितामा रहेको थियो ।

समाजका जिल्ला अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको कार्यक्रम समाजका जिल्ला सदस्य ऋषि परियारले स्वागत मन्तव्य राख्नु भएको थियो  ।  कार्यक्रमको सहजीकरण समाजकी सदस्य साकिला परियारलेगर्नु भएको थियो ।

परियार सेवा समाज जिल्ला कार्य समिति नवलपुरले गैंडाकोट नगरपालिकाभित्र चौबीसै घण्टा एम्बुलेन्स आवश्यक परेमा ९८१६३५९२७१ सम्पर्क गर्न अनुरोध गरेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :