काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद बैठकले विद्यालयमा सेवारत इसिडी बाल कक्षा शिक्षक, विद्यालय सहयोगी, विद्यालय कर्मचारी, लेखापाल,आधारभूत तह र मा वि तहका अनुदान शिक्षकको तलब बृद्धि र समायोजन गर्ने सरकारका प्रवक्ता एबम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु. ५,००० का दरले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै माध्यमिक तह र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने भएको हो ।








