single head

कालिका नमुना मा वि मा विज्ञान संकाय शुरु / विद्यार्थीलाइ बिशेष छुट

single post top 1

गैडाकोट । कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोटमा बिशेष छुट सहित विज्ञान संकाय सञ्चालनमा आएको छ । यस  शैक्षिक वर्ष देखि विज्ञान संकायमा  पठनपठन सुरु हुने विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो । विज्ञान संकायको पहिलो वर्ष भएको कारण शुल्कको बारेमा लचिलो बन्नेछौँ भन्दै प्रधानाध्यापकले भन्नुभयो “ अभिभावकको सुझाब, सल्लाह, चाहना र योग्यताका आधारमा शुल्कका बारेमा पछि तय गरिनेछ, यस वर्ष दक्ष जनशक्तिबाट बिशेष छुट सहित विज्ञान संकायमा पठनपाठन गर्ने  सोच बनाएका छौँ ।”

single p1

कालिका नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन, होटल म्रयानेजमेन्ट र  शिक्षा संकाय पनि सञ्चालनमा रहेको छ । व्यवस्थापन र शिक्षा संकायमा पढ्न आउने विद्यार्थीको एसईईको नतिजा ग्रेडका आधारमा पनि विशेष छुटको व्यवस्था गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो । यस वर्ष विज्ञान विषयका लागि ३० वटा मात्र कोटा रहेको विद्यालयले जनाएको छ । सुन्दर, शान्त वातावरणमा पठनपाठन गरिने र गुणस्तरमा कुनै सम्झौता नगरीकन पठनपाठन सुरु हुने प्रधानाध्यापक शर्माको भनाइ छ । यसपालिको एसइइमा  विद्यालयले राम्रो अंकका साथ  विद्यार्थीलाइ पास गराउन सफल भएको छ ।

single p2

दैनिक पठनपाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री लगायत  प्रोजेक्टर, स्मार्ट बोर्ड,  स्मार्ट टेलिभिजन, शिक्षक निर्देशिका साथै विषयगत शिक्षण सामग्री व्यवस्थापन गरिएको छ । विज्ञान, कम्प्युटर, गणित लगायत प्रयोगशालामा विभिन्न उपकरण व्यवस्थापन गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3