single head

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै

single post top 1

 असार १३,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ शनिबार साँझ जान लाग्नुभएको हो।

single p1

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असार १४ गतेदेखि २१ गतेसम्म हुने प्रधानमन्त्री ओलीको उक्त भ्रमण गत असार २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। स्पेन उड्नु अगाडि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार साँझ ५ बजे पत्रकारसँग कुराकानी गर्नुहुनेछ।

single p2

सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको तयारी गरेको हो । स्पेनस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको लागि आन्तरिक तयारी गरिरहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेड्रो सेन्चेजसँग द्विपक्षीय भेटवार्र्ता गर्नुहुने जनाइएको छ। उहाँहरूको उपस्थितिमा दुई देशीय विकास साझेदारीका केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यसूची छ।

सम्मेलनका अवसरमा स्पेनमा अन्य विभिन्न मुलुकका समकक्षी तथा सहयोगी निकायका उच्च अधिकारीसँग छलफल गर्नुहुने गरी स्पेनस्थित नेपाली दूतावासले तयारी गरिरहेको छ।

स्पेन सरकारले युरोपियन युनियन मातहत तथा प्रत्यक्ष रूपमा पनि नेपालको विकास परियोजना, पर्यटन तथा कला संस्कृति तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको छ। दुई देशले संसदीय अभ्यासका मामिलामा पनि सहकार्य गर्दै आएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3