single head

बिजय सामुदायीकमा लागु औषध स्वस्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

single post top 1

गैडाकोट  । नवलपरासी पूर्व गैडाकोट ५ मा रहेको बिजय सामुदायीक शिक्षा सदनमा लागु औषध स्वस्थ्य सचेतना सम्बन्धी बिद्यालय कार्यक्रम सम्पन्न भएको छ ।

single p1

स्वास्थ्य ब्यवसायी संघ गैडाकोट नगर ईकाइको आयोजनामा बिहिवार लागू अ‍ौषध ओसार पसार विरुद्धको अन्तरास्ट्रिय दिवसको अवसरमा बिजय सामुदायीक शिक्षा सदनमा सो कार्यक्रम गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरूलाई लागुऔषध तथा कुलतका बारेमा जानकारी गराउँदै सचेत गराउनु तथा सभ्य समाजको निर्माण गर्नु रहेको छ। कार्यक्रममा बालबालिकाहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो र उनीहरूले लागुऔषध दुव्र्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

single p2

बिजय सामुदायीक शिक्षा सदनका प्रधानाध्यापक चक्रधर पौडेलले सामाजिक विकृतिलाई हटाउनको लागि विद्यार्थीहरुको महत्वपुर्ण हुने र विद्यालयमा सिकेका कुराहरु घर परिवारलाई समेत सिकाई समाजमा सकारात्मक प्रभाव पार्न सकिने बताउनु भयो । प्रधानाध्यापक पौडेलले विद्यार्थीहरु कुनै पनि हातलमा लागुऔषध दुव्र्यसनमा नफस्न र सचेत हुन आग्रह गर्नुभयो ।

अध्ययनको समयलाई असर नहुने गरि विधालय शूरु हुनु भन्दा अगाडि लागू अ‍ौषधको प्रयोगले समाजमा पार्ने असर,ब्याक्तिमा पर्ने असर, रोकथामको उपाए लगायत स्वास्थ्य सचेतना विधालय कार्यक्रम गरेको गैडाकोट नगर ईकाइ अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारि दिनु भयो ।

वालवालिकाहरु परिवार , समाज र राष्ट्रका कर्णधारहरु हुन भन्ने मर्मका साथ बिधालय कार्यक्रम आयोजना गरेकोमा सस्थाको उच्च प्रशंसा भएको अध्यक्ष घिमिरेले बताउनु भयो  ।
सस्थागत तथा सामुदायीक बिधालयहरुमा गैडाकोटका स्वास्थ्यकर्मीहरुले पहिलो चरणको लागु औषध स्वस्थ्य सचेतना कार्यक्रम गरेका हुन ।
लागु औषध स्वस्थ्य सचेतना सम्बन्धी बिद्यालय कार्यक्रममा स्वास्थ्य ब्यवसायी संघ गैडाकोट नगर ईकाइका नारायण घिमिरे ,बिमल पौडेलको उपस्थिती रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3