spot_img

Tuesday, July 15, 2025

बेष्ट सेकेन्डरी स्कुल अवार्ड र सिनियर एनसीसीको बारेमा अभिभावकलाई जानकारी

गैंडाकोट ।  नवलपरासी पूर्व गैंडाकोटमा एसइर्ई परीक्षाको नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूको अभिभावक तथा शिक्षक बिच अन्तरक्रिया कार्यक्रम भएको छ।
सरस्वती निकेतन आवासिय मावि गैंडाकोट १ को आयोजनामा बुधबार विद्यालयको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा करिब १०० जना अभिभावकहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सरस्वती निकेतनले हालै प्राप्त गरेको बेष्ट सेकेन्डरी स्कुल अवार्डको बारेमा, एनसीसी सिनियर तालिमको बारेमा, एसइर्ई पछिको कक्षा ११ को लागि पढाइ हुने विषय र दक्ष शिक्षकहरूको बारेमा अभिभावकहरुलाई जानकारी गराइएको थियो ।

सरस्वती निकेतन आवासिय माविका प्राचार्य भरतबाबु कँडेलले फोकस नेपालले देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई चयन गरी दिने अवार्ड पाएकोमा निकै खुसी लागेको बताउनु भयो । प्राचार्य कँडेल देशभरका विद्यालयबाट ४१ विद्यालय छनौट भएकोमा त्यस मध्ये सरस्वती निकेतन विद्यालय छनौट हुँदा खुसीले भावुक हुनुभयो। अभिभावकले गर्दा यति ठूलो अवार्ड प्राप्त गरेका छौं यो तपाईँहरूकै देन हो उहाँले भन्नुभयो।

एनसीसीमा गण्डकी प्रदेशबाट मात्र दुईवटा विद्यालय छनौट भएकोमा एउटा हाम्रो सरस्वती निकेतन विद्यालय परेको कँडेले बताउनुभयो।  प्राचार्य कँडेलले भन्नु भयो “विद्यालयले गुणस्तरीय शिक्षाको लागि अभिभावक , बिद्यार्थी र शिक्षक सबै दक्ष र योग्य हुन जरुरि रहेको बताउनु भयो । अभिभावकलाई तालिम दिएर हुन्छ कि कहाँ लगेर हुन्छ पहिला अभिभावकलाई दक्ष बनाउने हो त्यसपछि विद्यार्थी स्वत: दक्ष हुन्छन। जब विद्यार्थी दक्ष हुन्छन तब मात्र योग्य शिक्षकको महत्व हुने कँडेलले बताउनुभयो । “नर्सरीदेखि कक्षा १२ सम्म सबै कक्षाहरूलाई अनुशासित, गुणस्तरिय बनाएका छौं हामीलाई धेरै बिद्यार्थी चाहिएको होइन थोरै हुन तर गुणस्तरिय र दक्ष बनाउने हो उहाँले भन्नुभयो।  जुनियर एनसीसी सुरु भइसकेको छ भने अब सिनियर एनसीसीको लागि भदौ पहिलो हप्ताबाट तालिम सुरु हुँदैछ। त्यसैले आफ्ना बाबु नानीहरूलाई कक्षा ११ मा भर्ना गरेर यसको फाइदा उठाउन पनि प्राचार्य कडेलले अभिभावकलाई आग्रह गर्नुभएको छ ।

गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले खेलकुदको क्षेत्रमा सरस्वती निकेतनले पदक जितेर होस या व्यवस्थापनमा रहेर उपलब्धि हासिल गरेको बताउनुभयो । अध्यक्ष कार्कीले विद्यार्थीको प्रतिभालाई पहिचान गर्न, व्यक्तित्व र नेतृत्व विकास गराउन बिद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। लामो समयको प्रधानाध्यापकको व्यवस्थापकीय दक्षता छ, शैक्षिक अनुभव छ, यो अरु कुनै विद्यालयमा छैन तेसैले अभिभावकहरु ढुक्क हुन आग्रह गर्नुभयो ।

शिक्षकहरूको तर्फबाट बोल्दै कमल तिवारीले शैक्षिक क्षेत्रमा ३२ वर्ष अनवरत रुपमा आफूलाई समुदायमा लगेको विद्यालय आज जुन रुपमा प्रतिफल प्राप्त गरेको छ त्यो  श्रेय अभिभावकलाई जाने बताउनुभयो । विद्यार्थीको परिश्रम, शिक्षकको मेहनतबाट र बिद्यालयको व्यवस्थापकीय कार्यकौशलबाट यि सबै परिणाम आएको शिक्षक तिवारीले बताउनुभयो।

कार्यक्रममा सरस्वती निकेतनका पूर्व शिक्षक तथा समाजसेवी गणेश अधिकारीले बिद्यालयले एनसीसी र बेष्ट सेकेन्डरी स्कुल अवार्ड पाउनु नै दरिलो उपलब्धि भएको बताउनुभयो । अब सानोतिनो कुरा होईन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरा सोच्ने बेला हो । यो अवार्ड पैसाले किनेर पाइँदैन, मागेर पाइँदैन यसको लागि सरस्वती निकेतनको मेहनत र गुणस्तरले गर्दा आएको अधिकारीले बताउनु भयोे। अधिकारीले भन्नुभयो “ आगामी दिनमा यस्ता अवार्ड पाउँदै जानुपर्छ र अभिभावकको मन जितेर अगाडि बढ्नु पर्छ ।”

टोल विकास संस्थाको तर्फबाट प्रतिभा टोल विकास संस्थाका अध्यक्ष अम्बिका घिमिरेले भन्नुभयो “सरस्वती निकेतन अब्बल दर्जामा गनिएको बिद्यालय हो। हामीले पुष्टि गर्नुपर्दैन यो त राष्ट्रिय स्तरबाट नै पुष्टि भइसकेको छ।”

गैँडाकोट वडा नं १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले बिएलई, एसईई तथा कक्षा ११र १२ मा विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ, आगामी दिनमा पनि यसलाई बढाउदै जान आग्रह गर्नुभयो। वडाध्यक्ष रेग्मीले स्थानीय सरकारले अनुगमन गर्दा यहाँको शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार, वातावरण मैत्री र बालमैत्री धेरै कुरा उत्कृष्ट पाएको बताउनु भयो।  शिक्षकहरूले आफ्नो छोराछोरी जस्तै गरेर शिक्षकको माया मात्रै होइन उहाँले बाबु नानीहरुलाई बाबाआमाको माया पनि दिनुभएको छ रेग्मीले भन्नुभयो । वडाध्यक्ष रेग्मीले विद्यालय निकै उत्कृष्ट छ आउँदो दिनमा पनि यो छविलाई तल झर्न नदिन आग्रह गर्नुभयो। विद्यालयको मूल्यांकन अभिभावकले गर्नुभएको छ किनकि धेरै वर्षदेखि आफ्ना बाबु नानीहरुलाइ यहाँ पढाइ सक्नुभएको छ उहाँले भन्नुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण कंडेलले भन्नुभयो “बालबालिकाहरूको भविष्य बनाउन शैक्षिक क्षेत्रमा निरन्तर दिनरात खटेर लागिरहेका छौं । यो वर्ष देखि कक्षाहरू डिजिटल माध्यम बाट पढाउन सुरु गरेका छौं। अहिले माथिल्लो कक्षामा सुरु गर्छौं भने बिस्तारै सबै कक्षाहरू डिजिटल बनाउँछौं उहाँले भन्नुभयो । सहायक प्रधानाध्यापक कंडेलले हाम्रो विद्यालयमा ६५ जना योग्य शिक्षक सहितको ठूलो टिम छ। हामीले टिचर को पाइलट कार्यक्रम पनि जोडिसकेका छौं र विद्यार्थीहरूले यसको फाईदा पाउनु भएको छ भन्नुभयो ।

कार्यक्रममा बिद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवि देवकोटा कडेल,विद्यालयका शिक्षकहरु, अभिभावकहरु ,खेलकुद समिति, सामाजिक, धार्मिक व्याक्तिहरुको उपस्थिति रहेको थियो । बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्माको अध्यक्षतामा भएको अभिभावक तथा शिक्षक बिचको अन्तरक्रिया कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण कंडेलले गर्नुभएको थियो ।

वि.सं २०५० सालमा स्थापित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले व्यवहारिक, समय सापेक्ष विधि र पद्धतीको अनुशरण गरी शिक्षा प्रदान गर्दै आएको छ । कक्षा नर्सरी दखि  १२ सम्म अध्ययन र अध्यापन हुने सरस्वती निकेतनमा बालमैत्री वातवरणमा शिक्षा प्रदान गर्दै आएको छ ।

शिक्षाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था फोकस नेपालले हरेक वर्ष देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई चयन गरी सम्मान गर्ने क्रममा अहिले नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १ मा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय बेष्ट सेकेन्डरी स्कुल अवार्ड बाट सम्मानीत भएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार