single head

गैंडाकोट नगरपालिकामा भएको २८ दिने ब्युटिसियन तालिम सकियो

single post top 1

गैंडाकोट । गैंडाकोट नगरपालिकामा भएको ३८ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको आर्थिक सहयोग तथा किङ मल्टी प्रपोज प्रालीको व्यवस्थापन र गैंडाकोट नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको तालिममा गैंडाकोट नगरपालिकाका  विभिन्न वडाबाट २३ जना महिलाहरूको सहभागिता रहेको थियो ।

single p1

 

single p2

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख  मदनभक्त अधिकारीले आफुले सिकेको सीपलाई व्यवहारमा ल्याउन  आग्रह गर्दै व्यवसायको थालनी गर्न चाहनुभएमा नगरपालिकाले आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताउनु भयो  ।

लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका उपसचिव रामकृष्ण श्रेष्ठले “ब्युटिसियन जस्तो पेसामा दक्षता हासिल गरेपछि महिलाहरूले आफ्नै घरबाटै पनि आम्दानी गर्न सक्ने र यसले उनीहरूको जीवनस्तर उकास्न  सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर रोजगार संयोजक तारा उपाध्याय तथा तालिम प्रशिक्षक संगीता आचार्य र रेखा पौडेल समेतको उपस्थिति रहेको थियो ।

तालिमपछि सहभागी महिलाहरूले ब्युटिसियन पेसामा लागेर आत्मनिर्भर बन्न सक्ने अपेक्षा आयोजक संस्थाको रहेको छ । गैंडाकोट वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गैंडाकोट नगरपालिका नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण गीता देवकोटाले  गर्नु भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3