spot_img

Tuesday, July 15, 2025

गैंडाकोट नगरपालिकामा भएको २८ दिने ब्युटिसियन तालिम सकियो

गैंडाकोट । गैंडाकोट नगरपालिकामा भएको ३८ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको आर्थिक सहयोग तथा किङ मल्टी प्रपोज प्रालीको व्यवस्थापन र गैंडाकोट नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको तालिममा गैंडाकोट नगरपालिकाका  विभिन्न वडाबाट २३ जना महिलाहरूको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख  मदनभक्त अधिकारीले आफुले सिकेको सीपलाई व्यवहारमा ल्याउन  आग्रह गर्दै व्यवसायको थालनी गर्न चाहनुभएमा नगरपालिकाले आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताउनु भयो  ।

लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका उपसचिव रामकृष्ण श्रेष्ठले “ब्युटिसियन जस्तो पेसामा दक्षता हासिल गरेपछि महिलाहरूले आफ्नै घरबाटै पनि आम्दानी गर्न सक्ने र यसले उनीहरूको जीवनस्तर उकास्न  सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर रोजगार संयोजक तारा उपाध्याय तथा तालिम प्रशिक्षक संगीता आचार्य र रेखा पौडेल समेतको उपस्थिति रहेको थियो ।

तालिमपछि सहभागी महिलाहरूले ब्युटिसियन पेसामा लागेर आत्मनिर्भर बन्न सक्ने अपेक्षा आयोजक संस्थाको रहेको छ । गैंडाकोट वडा नं. ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गैंडाकोट नगरपालिका नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण गीता देवकोटाले  गर्नु भएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार