single head

अक्सफोर्ड कलेजमा “V8-Version शैक्षिक गोष्ठी सम्पन्न

single post top 1

गैँडाकोट ।  अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैँडाकोट–२ मा  “V8-Version: How to Make a School the Best” शीर्षकमा एक दिने  शैक्षिक गोष्ठी सम्पन्न भएको छ ।

single p1

कलेजको २५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित  कार्यक्रममा Vision, Value, Voice, Virtue, Verification, Variation, Velocity, र Vitality जस्ता ८ दृष्टिकोणहरूलाई विद्यालय सुधारको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै “V8-Version” अवधारणाको व्याख्या गरिएको थियो। कार्यक्रमले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि र समग्र सुधारको दिशामा सामूहिक चिन्तन तथा संकल्प अभिव्यक्त गरेको थियो।

single p2

कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले विद्यालय शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी समावेशी दृष्टिकोण, नैतिकता, प्रविधिमैत्री, अभ्यास र जीवन्त वातावरण निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो।  प्रा. डा.अर्यालले विद्यालयलाई “प्रमाणपत्र दिने संस्था होइन, जीवन निर्माण गर्ने प्रेरणादायी थलो” बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो।

प्याप्सन चितवनका वरिष्ठ उपाध्यक्ष टेक राज अधिकारीले सैद्धान्तिक स्पष्टता र कार्यान्वयनबीचको सन्तुलनले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने विचार  ब्यक्त गर्नुभयो ।

राप्ती प्याप्सनका पूर्व अध्यक्ष रामकृष्ण पन्तले विद्यालय शिक्षामा चरित्र निर्माण, नेतृत्व विकास र शिक्षकप्रति सम्मानजनक वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनुभयो।

श्री मा. वि. इन्द्रपुरिकी प्रधानाध्यापक शान्ति अधिकारीले विद्यार्थी–केन्द्रित शिक्षण र समावेशी वातावरण निर्माणको पक्षमा धारणा राख्नुभएको थियो ।

भानु मा. वि. नारायणगढका प्रधानाध्यापक रामजी अधिकारीले विद्यालयमा निरन्तर सुधार र नवप्रवर्तन नै सफलता प्राप्तिको मूल सूत्र भएको बताउनुभयो।

कलेजका प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले शिक्षाको गुणस्तर सुधारका लागि साझा सङ्कल्प, सशक्त नेतृत्व र नवप्रवर्तनशील सोच आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा विभिन्न विद्यालयका अध्यक्ष,प्राचार्य,उप–प्राचार्य ,शिक्षक, शिक्षाविद् तथा शैक्षिक व्यक्तिहरु लगायत  करिब १०० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण  कलेजका उप–प्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3