spot_img

Thursday, June 25, 2026

प्रमुख दुइ सत्तारुढ दलका शीर्ष नेतावीच छलफल

काठमाडौँ। समसामयिक राजनीतिक विषयमा प्रमुख दुइ सत्तारुढ दलका शीर्ष नेतावीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवावीचको छलफल भएको हो । संसदमा रास्वपा र राप्रपाको जारी विरोध तथा अन्य राजनितिक परिस्थितिवारे दुई शीर्षनेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

तीन दलका शीर्षनेतावीच छलफल हुने भनिएकोमा माओवादी केन्द्रका अध्यक्ष उपत्यका बाहिर रहनु भएकाले बैठकमा सहभागी हुनु भएको छैन ।

बैठकमा एमालेवाट अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसवाट उपसभापति पूर्ण बहादुर खड्का महामन्त्री गगन थापा त्यसतै गृहमन्त्री रमेश लेखक परराष्ट्रमन्त्रि आरज् राणा , उर्जा मन्त्री दीपक खड्का सहभागिता रहनु भएको छ ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :