single head

प्रथम गैडाकोट बक्सिङ प्रतियोगिताको च्याम्पियन बन्यो गैंडाकोट ईङ्गलिस स्कुल

single post top 1

गैंडाकोट(नबिन S सुबेदि) । नवलपरासी पूर्व गैंडाकोटमा भएको प्रथम गैडाकोट अन्तर बिद्यालय छात्र/छात्रा बक्सिङ  प्रतियोगिताको उपाधि गैंडाकोट ईङ्गलिस स्कुलले जितेकोे छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने मूल नाराका साथ गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा मंगलवार गैडाकोट बहुउद्देश्य कवर्डहल गैडाकोट ४ मा प्रतियोगिताको समापन भएको हो ।

single p1

प्रतियोगितामा गैंडाकोट ईङ्गलिस  स्कुलले ९ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित प्रथम भएको छ । तेस्तै नेपाल राष्ट्रिय शम्शेर माविले ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ । तेस्तै कालिका नमुना माविले २ स्वर्ण, ५ रजत, ३ कास्य, जनक नमुना माविले १ स्वर्ण, २ रजत, ३ कास्य, सुर्योदय बिद्या मन्दिरले १ स्वर्ण, सरस्वती निकेतनले १ स्वर्ण,१ रजत, १ कास्य र बिजय सामुदायिक शिक्षा सदनले १ स्वर्ण,१ रजत, ४ कास्य र स्मल हार्ट एकेडमिले ४ कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा बिजेतालाई नगद सहित मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।

single p2

 


प्रतियोगितामा गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झपिन्द्र खनालले नगर खेलकुद विकास समिति गठन गरेपछि हामिले पालिकामा धेरै बिधामा खेलकुद सञ्चालन गरेका छौ र अगामि दिनमा गैडाकोट नगरपालिकालाई खेलकुदको हबको रुपमा बिकास गर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत खनालले हाम्रा खेलाडिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सक्षम बनेर ब्यवसायिक रुपमा खेल खेल्नको लागि प्रोत्साहन गर्ने गरि नगरपालिका अगाडि बढ्ने बताउनु भयो ।

प्रतियोगितामा नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले नगर खेलकुद विकास समितिले अगामि दिनमा बक्सिङ  खेलको लागि पनि आवश्यक बजेट छुट्टाएर काम गर्ने बताउनु भयो ।नगर खेलकुदले अगामि दिनमा पालिका स्तरका ,वडा स्तरका खेलहरु खेलाउने छ र यहाँका खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सक्ने बनाउने सापकोटाले भन्नु भयो ।


प्रतियोगितामा अन्तर बिद्यालय छात्र/छात्रा बक्सिङ प्रतियोगितामा गैडाकोट नगरपालिका भित्रका बिद्यालय बाट ८४ जनाको सहभागिता रहेको नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो। उपाध्यक्ष लक्ष्मण कार्कीले लोकतन्त्र पछि यस्तो किसिमको बक्सिङ प्रतियोगिता गण्डकी प्रदेशमै पहिलो भएको बताउनु भयो ।
गैडाकोट नगर बक्सिङ  संघ,नवलपुर जिल्ला बक्सिङ संघ र नेपाल बक्सिङ  महासंघको समन्वयनमा भएको प्रतियोगितामा गैडाकोट खेलकुद समिति सह आयोजकको रुपमा रहेको थियो ।
नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजिकरण नगर खेलकुद विकास समितिका सदस्य रोशन दर्लामी मगरले गर्नु भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3