spot_img

Wednesday, January 14, 2026

मधुसुदन तिवारीको अध्यक्षतामा वडा नं ८ को वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन

गैंडाकोट  ।  नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नं ८ मा शनिबार सम्पन्न बाल भेलाले वडा बाल सञ्जाल गठन गरेको छ ।
बिजय बिकास श्रोत केन्द्रको सभाहलमा भएको बालबालिकाहरुको भेलाले मधुसुदन तिवारीको अध्यक्षतामा वडा नं ८ को वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन गरेको छ । समितिको उपाध्यक्षमा निश्चल न्यौपाने,सचिवमा अकिंत शर्मा, कोषाध्यक्षमा विभूति सापकोटा र सहसचिवमा अनुज्ञा शाही ठकुरी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरूमा बिनुमा सुवेदी, शब्दी अधिकारी, सान्भी गिरी, समृद्धि चापागाइर्, समृद्धि ढुङ्गाना, निश्चल कुमाल, सरस्वती दर्र्जी, किस्मत बानिया, सृजन सिग्देल, परित्रणा पौडेल, प्रयुप्स पौडेल, क्रिस्टिना कुँवर, नाम्गेल तामाङ र संसार सापकोटा रहनुभएको छ।
यस्तै गरेर सल्लाहकार संयोजकमा गैडाकोट ८ का वडा सदस्य खगेश्वर सापकोटा, सल्लाहकार सदस्यमा प्रस्तुति ज्ञवाली रहनुभएको छ ।
कार्यक्रममा गैडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले वडालाई बालमैत्री वडा घोषणाको चरणमा रहेकाले बाल क्लबहरुको भूमिका महत्वपुर्ण रहने बताउनु भयो । “बालमैत्री वडा घोषणाका सबै मापदण्ड पूरा गर्न बालबालिकाको सशक्त सहभागिता अनिवार्य छ,“वडाले बालबालिकाको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै सबै सरोकारवालाबीच सहकार्य जरुरी रहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

११ वटा टोल बिकास सस्थाहरु रहेको वडामा टोल स्तरीय बाल सञ्जालमा रहेका र वडामा रहेका २ वटा बिद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर वडा बाल सञ्जालको नयाँ कार्यसमिति पुर्न गठन गरीएको हो । कार्यक्रमलाई गैडाकोट नगरपालिका वार्ड नं ८ को सहयोग रहेको  थियो ।

कार्यक्रममा वडा नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा ,सुशिला परियार, वडा सचिव रमेश आचार्य, टोल सन्जाल अध्यक्ष शशीधर न्यौपाने ,नगर बालसञ्जाल अध्यक्ष संसार सापकोटा, लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

गैंडाकोट वार्ड नं ८ वडा बाल सञ्जाल अध्यक्ष गरिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम वडा बाल सञ्जाल कोषाध्यक्ष निश्चल न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।कार्यक्रमको सहजिकरण सचिव प्रस्तुती ज्ञवालीले गर्नुभएको थियो

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :