single head

मैत्री नेपालको अध्यक्षमा गोपेन्द्रकेशरी न्यौपाने चयन

single post top 1

गैंडाकोट । गैंडाकोटमा रहेको पुरानो सामाजिक संस्था मैत्री सामुदायिक विकास मञ्च नेपाल (मैत्री नेपाल) को दशौं साधारणसभा एवम् छैठौं अधिवेशन सम्पन्न भएको छ । नमुना माविको परिसरमा सम्पन्न सभाले गोपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कृष्ण सुवेदी रहनुभएको छ । सचिव पदमा विनोद कोइराला र सदस्यहरूमा क्रमशः अमृतकान्त पण्डित, रामनाथ तिमिल्सिना, विश्वप्रकाश न्यौपानेलगायत रहनुभएको  निर्वाचन संयोजक नारायणप्रसाद पण्डितले जानकारी दिनुभयो ।

single p1

यस अघि भएको दशौँ साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डितले अधिवेशनको सफलता सँगसँगै नयाँ काम गर्न र संस्थालाई एकजुट बनाएर अगाडि बढ्न शुभकामना दिनुभएको छ । मैत्री नेपालका अध्यक्ष अमृतकान्त पण्डितले संस्थालाई सञ्चालन गर्न सबैसँग सहकार्य गरेर अगाडि बढेको बताउनुभएको छ। उहाँले सबैको साथ सहयोगले संस्था सञ्चालन भएको पनि बताउनुभयो।

single p2

कार्यक्रम मैत्री नेपालका अध्यक्ष अमृतकान्त पण्डितको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष गोपेन्द्र केशरी न्यौपाने र बसन्तराज पौडेलले अझै उन्नतिशील संस्था बनाउन प्रेरणा मिलास भन्ने शुभकामना दिनुभएको थियो। औपचारिक कार्यक्रमको सहजीकरण सचिव चुडामणि शर्माले गर्नुभएको थियो भने  निर्विरोध निर्वाचन गराउन मद्दत गर्ने  मतदाता सबैमा नयाँ कार्यसमितिले अनुकरणीय कार्य गर्ने अपेक्षा सहित बधाई तथा शुभकामना निर्वाचन मण्डलका संयोजक नारायण प्रसाद पण्डितले दिनुभएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3